जसपाको भातृ संगठन समाजवादी युवा संघको अध्यक्षमा हेमन्त राई

जसपाको भातृ संगठन समाजवादी युवा संघको अध्यक्षमा हेमन्त राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन् ।

जनकपुरमा हालै सम्पन्न समाजवादी युवा संघको प्रथम राष्ट्रीय भेलापछि त्यसैकाे संयाेजनमा बसेको केन्द्रीय समिति बैठकले राईकाे नेतृत्वमा २५ पदाधिकारीसहित ६१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

विभिन्न सामाजिक संस्थामा आबद्द राई हाल आदिवासी जनजाति युवा महासंघको अध्यक्ष, किरात राई यायोक्खाका केन्द्रीय सचिव तथा शैक्षिक बिभाग प्रमुख र एसिया प्यासिफिक युथ प्लाटफर्ममा उपाध्यक्ष छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा संजिव कुमार यादव, निरज प्रधान र जितेन्द्र महरा चयन भएका छन् । उपाध्यक्षमा क्रमश असल खान, श्याम शिलपकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुशवाहा रहेका छन् ।

महासचिवमा दिलिप पटेल, उप–महासचिव आतिश कुमार सिंह यादव, रंजित गोस्वामी, अशोक मण्डल, सरोज यादव र रेणु सिंह  छन् ।

सचिवमा समिर नछिरिङ्ग, सलमा खातुन, स्मृति मिश्रा, श्रृजन श्रेष्ठ, अशोक यादव, ठाकुर रितु राज, विशाल यादव, दिनेश यादव, जिवन खाति छन भने  कोषाध्यक्षमा मनकला लिम्बु चयन भएकी छन् ।