सरिता गिरीको घरमा आक्रमण गर्ने हेमराज थापा पक्राउ


काठमाडौं – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा आक्रमण गर्ने उनकै कार्यकर्ता पक्राउ परेका छन् ।

बुधबार विशालनगरस्थित गिरीको घरमा आक्रमण गरेको आरोपमा प्रहरीले जसपाको विद्यार्थी संगठनका सचिव हेमराज थापालाई पक्राउ गरेको हो ।

बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय थापालाई पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

जनता समाजवादीले बिहीबार विज्ञप्ति निकालेर गिरीको घरमा आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको थियो । गिरीले नयाँ नक्साविरुद्ध संशोधन दर्ता गराएकी थिइन् । समाजवादीले उनलाई प्रस्ताव फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement