काठमाण्डु – नेपाल रेडियोलोजिष्ट एसोसिएसनको अध्यक्षमा प्रा.डा. हेन्सन खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न अधिवेशनबाट खड्का निर्वाचित भएका हुन् ।
कोभिड –१९ को बढ्दो संक्रमणका कारण भर्चुअल माध्यमबाट भोटिङको व्यबस्था मिलाइएको थियो ।
एसोसिएसनको उपाध्यक्षमा डा. अनामिका झा , महासचिवमा डा. सुन्दर सुवाल, सहसचिवमा डा. प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा. हरि ओम जोशी, सहकोषाध्यक्षमा डा. अभिशेक शाह निर्वाचित भएका छन् ।
समिति सदस्यहरुमा डा. कल्पना राई , डा. विश्वराज बस्ताकोटी र डा. तेजेन्द्र कार्की निर्वाचित भएका छन् ।




प्रतिक्रिया