प्रस्तावित नेकपा एकीकृत समाजवादीको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

प्रस्तावित नेकपा एकीकृत समाजवादीको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो घोषणापत्र र पार्टीको नियमावली सार्वजनिक गरेको छ । सोमबार चन्द्रागिरी रिसोर्ट पुगेका नेपालसहित उनी पक्षीय नेताहरुलाई अन्तरीम विधान र घोषणापत्र वितरण गरिएको हो ।

घोषणा पत्रमा नेपाल कम्युनिस्ट पार्टीले स्थापना कालमा राखेका उद्देश्य नै एकीकृत समाजवादी पार्टीको लक्ष्य भएको उल्लेख छ । पूर्ववत रूपमा पार्टी फर्कनु पर्नेमा विधान संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद खारेज गर्ने जस्ता निर्णय गरी केपी ओलीले पार्टी विभाजनतिर धकेलेको उल्लेख गरिएको छ ।

‘अध्यक्षमा छानिएका केपी शर्मा ओली महाधिवेशनप्रति इमान्दार नै रहेनन् । उनले महाधिवेशनका निर्णय पालना नगरी आफुखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गएका थिए । त्यसैबीच तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकता गरी निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधि अनुसार कहिल्यै चलेनन् । मुलुकको प्रधानमन्त्रीसमेत रहेका उनले सरकार पनि पार्टी नीति अनुसार चलाएनन् । फलतः पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो । उनले २०७७ पुस ५ मा असंवैधानिक ढङ्गले प्रतिनिधि सभाको विघटन सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो,’ घोषणापत्रमा भनिएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले साधारण सदस्यता शुल्क १० रुपैयाँ निर्धारण गरेको छ । माधव नेपालको नेतृत्वमा रहेको पार्टीको नियमावलीमा संगठित सदस्यताको मासिक शुल्क २० रुपैयाँ लाग्ने उल्लेख छ । त्यस्तै उक्त पार्टीले ३१ वटा केन्द्रीय विभाग बनाउने भएको छ ।

उक्त नियमावलीमाथि आज चन्द्रागिरिमा छलफल जारी छ । त्यसका लागि ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् ।

यस्तो छ नेकपा एकीकृत समाजवादीको घोषणापत्र

;