स्वदेशमा उपचार सेवा गर्नुभन्दा खाडी बेस!

स्वदेशमा उपचार सेवा गर्नुभन्दा खाडी बेस!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । शनिबार बिहान बागमती प्रदेशसभा भवन अगाडि चिकित्सकहरूले प्रदर्शन गरेका हुन् ।

चिकित्सकहरूले सुरक्षा मा गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । विरोध प्रदर्शनमा पुगेका चिकित्सकहरूले अब त अति भो, स्वदेशमा उपचार सेवा गर्नुभन्दा खाडी बेस हो ?, उपचारका लागि औजार बोक्ने कि सुरक्षाका लागि हतियार, सुरक्षा नपाएसम्म सेवा नदिनेजस्ता प्लेकार्ड बोकेका थिए ।

गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तले अस्पतालमा नै साङ्घातिक आक्रमण गरी घाइते बनाएका थिए ।