हेटौंडा-२ मा कांग्रेसका बागी उम्मेदवार

हेटौंडा-२ मा कांग्रेसका बागी उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका नेता सुदिप राजवाहकले बागी उम्मेदवारी दिएका छन् । आज निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा गएर उनले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

राजबाहक गत निर्वाचनमा कांग्रेसको तर्फबाट वडा समस्य समेत भइसकेका छन् । कांग्रेसले हेटौंडा-२ मा दुई जनालाई टिकट दिइसकेको छ । उम्मेदवारी दिएका राजवाहकले दुई जनाले दुई तिर नै दिएर टिकट किनेको आरोप लगाए । ‘अरुले पैसा दिए मैले दिन सकिनँ, त्यही भएर मैले टिकट नपाएको हो,’ राजवाहकले भने । कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने उनको भनाई छ ।