हेटौंडा – संविधान दिवसकै दिन आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थित बुद्धचोकमा प्रेसकुकर बम भेटिएको छ ।
आज विहानै बुद्धचोकमा भेटिएको उक्त प्रेसर कुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बुद्धचोकमा बम भेटिएपछि केहिबेर स्थानीयहरु त्रसित बनेका थिए ।
बम कस्ले राख्यो भन्ने विषयमा हालसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




प्रतिक्रिया