काठमाण्डु– पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ सडक आजदेखि सञ्चालनमा आएको छ ।
सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा पहिरो गएको थियो ।
यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो ।
अहिले उक्त सडकसमेत सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।




प्रतिक्रिया