दैलेखमा हायस दुर्घटना हुंदा तीनको मृत्यु

दैलेखमा हायस दुर्घटना हुंदा तीनको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे१ज १०२९ नम्बरको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र अन्य सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। मृतक र घाइतेहरूबारे थप विवरण आउन बाँकी छ।