काठमाडौं – उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाडाैंकाे गत कार्तिक १८ गतेको आदेशलाई सदर गरेको अदालतका राजिस्ट्रार बाबुराम दाहालले बताए।
‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्न होइनन भन्नसक्ने अवस्था नरहेको’ भन्दै जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालत काठमाडौंका एक नम्बर न्यायाधीश सुदर्शन पाण्डेको आदेशपछि महरा डिल्लीबजार कारागारमा छन्। आफूलाई कानूनी आधारविना पुर्पक्ष धुनामा पठाएको भन्दै महराले फेरी आदेश बदरको माग राखी सर्वोच्च अदालतमा निवेदन दिने बाटो खुला छ। बलात्कारको प्रयासको मुख्य मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ।
संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।




प्रतिक्रिया