उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु


काठमाण्डु – सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक सुरु भएको हो।

राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्न लागेको बताइएको छ।

यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो। बैठकमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन्। आज पनि यी तीन वटै दल संयन्त्रको बैठकमा सहभागी भएका छैनन्।

एमालेलगायत ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको पक्षमा छन्। एमाले भने पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति पदमा एमालेबाट उम्मेदवार हुनुपर्ने अडानमा छ। गठबन्धनका अन्य दल पनि एमालेको समर्थनमा देखिएका छन् ।