‘हाइ प्रोफाइल’ नै गर्दैनन् पुस्तक फिर्ता, कमल थापाले पनि बुझाएनन्

‘हाइ प्रोफाइल’ नै गर्दैनन् पुस्तक फिर्ता, कमल थापाले पनि बुझाएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ज्ञानको भण्डार मानिने पुस्तकालयमा पुस्तक नै भएनन भने के होलारु देशकै ठूलो पुस्तकालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा प्रतिष्ठित व्यक्तिले समेत पुस्तक फिर्तानगर्दा समस्या उत्पन्न भएको छ।

हाल पुस्तकालयले पुस्तक नबुझाउने हाइ प्रोफाइलु अर्थात प्रतिष्ठत व्यक्तित्व भन्ने विवरण राखेर रुजु अभिलेख तयार गरेको छ। पुस्तक फिर्ता नगर्नेमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य किशोरकुमार गुरुघराना, हरिहर दाहाल, बिनु लोहनी, योगिशकृष्ण खरेल, लक्ष्मण बस्नेत, कृष्ण मल्ल, नवीन्द्रराज जोशी, कमल थापा, प्रकाशचन्द्र लोहनी, सुरेश आचार्य रहेका छन्।

केन्द्रीय पुस्तकालका प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार पुस्तक नबुझाउनेमा भरतबहाददुर कार्की, तोपबहादुर बस्नेत, शम्भुनारायण पाठक, प्रवीण पाठक, अमरबहादुर डाँगी, मंगलराज जोशी, ताराबहादुर कार्की, कृष्णमोहन श्रेष्ठ, मोहनबहादुर बस्नेत पनि छन्। सन् २००१ अघि प्रतिदिन १० पैसा रहेको जरिवाना शुल्क अहिले प्रतिदिन एक रुपैया बनाइएको छ। यो खबर गोरखापत्र दैनिकमा छ ।