माओवादीले समर्थन फिर्ता लिएकाले ३० दिनभित्र विश्वासको मत लिन्छु : मुख्यमन्त्री कार्की

माओवादीले समर्थन फिर्ता लिएकाले ३० दिनभित्र विश्वासको मत लिन्छु : मुख्यमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् ।

विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा माओवादी केन्द्रले औपचारिक रूपमा समर्थन फिर्ता लिएकाले संविधान र कानूनअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताए ।

प्रदेश सभामा कांग्रेस–एमालेको दुईतिहाइ भए पनि विश्वासको मत लिने उनले बताए । उनले माओवादी प्रतिपक्षमा रहे पनि जनताका मुद्दामा साथ र सहयोग पाउने विश्वास व्यक्त गरेका छन् ।