चन्द्रागिरि हिल्स लिमिटेड ट्रेड युनियन निर्वाचनमा हिक्मत रावल विजयी

चन्द्रागिरि हिल्स लिमिटेड ट्रेड युनियन निर्वाचनमा हिक्मत रावल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चन्द्रागिरि हिल्स लिमिटेडको आधिकारिक ट्रेड युनियनको अध्यक्षमा हिक्मत रावल निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न भएको निर्वाचनमा नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर युनियन ७३ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा ३ वटा ट्रेड युनियनले प्रतिस्पर्धा गरेका थिए । अखिल नेपाल होटल, व्यवसायी तथा रेस्टुरेन्ट मजदुर संघले ३० मत प्राप्त गरेको छ भने नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले ३३ मत प्राप्त गरेको थियो ।

निर्वाचन अधिकृत बिबेक यादबका अनुसार कूल १४० मतदातामध्ये १३६ जनाले मतदान गरेका थिए । नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन नेकपा एकीकृत समाजवादीआवद्ध मजदुर संगठन रहेको छ ।