विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिक्षा प्रणालीमा सुधार ल्याउन शिक्षकको सेवा सुविधा र शैक्षिक क्षेत्रका विषय छुट्टै कानूनमार्फत व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन् ।
१२ कक्षा परीक्षाको नतिजा सार्वजनिक भएसँगै प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले शिक्षा सुधारका लागि केवल परीक्षाफललाई आधार मानेर मूल्यांकन गर्नु पर्याप्त नहुने बताए ।
मुख्यमन्त्री कार्कीले शिक्षकहरूको सेवा, पारिश्रमिक, स्थायित्व र सुरक्षाका विषय छुट्टै ढंगले सम्बोधन नगरेसम्म सुधार सम्भव नहुने तर्क गरे ।
देशभर देखिएको ‘ब्रेन ड्रेन’ न्यूनीकरणका लागि व्यावहारिक र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने धारणा पनि राखेका मुख्यमन्त्री कार्कीले शिक्षा प्रणाली सुधारका नाममा बहसहरू सीमित दायराभित्र समेटिएको भन्दै शैक्षिक नीतिमा दीर्घकालीन दृष्टिकोणको खाँचो औंल्याएका छन् ।




प्रतिक्रिया