कोशीका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

कोशीका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


काठमाण्डुु – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले कार्कीलाई ३ दिनभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको छ ।

झापाको ५ नम्बर निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी दर्ता गर्न जाँदा उनी सहभागी भएका थिए । सरकारका मन्त्री तथा कर्मचारीहरू यसरी दलीय कार्यक्रममा उपस्थित हुन नपाउने व्यवस्था भएकाले आयोगले उनलाई स्पष्टीकरण सोधेको छ ।

यस्तो छ स्पष्टीकरण पत्र –