कोशी प्रदेशमा एमालेका मुख्यमन्त्रीलाई राप्रपाको समर्थन


विराटनगर – कोशी प्रदेशमा प्रदेशसभाको ठूलो दल नेकपा एमाले नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भएको छ ।

कोशी प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा कोशी प्रदेश संसदीय दलको नेता भक्ति सिटौलाले संविधानमाथि भएका हस्तक्षेपलाई सर्वोच्च अदालतले सच्च्याएको बताए ।

अदालतले गरेको परमादेशको सम्मान गरेको बताउँदै संसदीय दलका नेता सिटौलाले संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार गठन गर्दा राप्रपाले ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन दिएको आदेशलाई सम्मान गरेको बताए ।

उनले भने, ‘अब एमालेको संसदीय दलको नेताको नेतृत्वमा बन्ने सरकारलाई राप्रपाले समर्थन गर्छ । सरकारमा अहिले नै हामी सहभागी हुँदैनौं तर हाम्रो समर्थन पूरा रहनेछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement