वर्तमान संविधानमा नागरिक अधिकार स्थापित छन् : मुख्यमन्त्री कार्की


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताएका छन् ।

संविधान दिवसको अवसरमा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आयोजित ‘संविधान दिवस २०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उनले नेपालको वर्तमान संविधान सबैको साझा दस्तावेज भएको र नागरिकका सबै अधिकार स्थापित भएको बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरू गम्भीर भएर सोच्नुपर्ने धारणा राखेका छन् ।

संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको संघीयतालाई बलियो बनाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement