कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राजीनामा दिएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता कार्कीले शनिबार प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा मत नपाउने देखेपछि उनले राजीनामा दिएका हुन् ।

कोशी प्रदेशमा अब संविधानको धारा १६८(५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।

धारा १६८ को उपधारा ५ मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।’