कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट दोस्रो पटक पनि विश्वासको मत पाएका छन् ।

बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत परेको हो ।

कार्कीको पक्षमा एमाले नेपाली कांग्रेसलगायतले मतदान गरेका छन् भने विपक्षमा माओवादी केन्द्रलगायतले मत हालेका छन् ।