कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त हुँदै, आजै शपथ


काठमाण्डु – कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की नियुक्त हुँदैछन् ।

सर्वाेच्च अदालतको पूर्ण इजलाशले बिहीबार ४८ घण्टाभित्र प्रदेशसभाको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेपछि शुक्रबारै मुख्यमन्त्री नियुक्तिको तयारी भएको हो ।

कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले शुक्रबार मुख्यमन्त्री नियुक्त गरेर साँझ ६ बजे शपथ कार्यक्रम तय भएको जानकारी दिए । प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई शपथ गराउनेछन् ।

सर्वाेच्च अदालतले तत्कालीन मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत भएकाले बदर गर्दै मुख्यमन्त्री नियुक्तिको अर्काे विकल्पमा जान परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement