गोरखाको वीरेन्द्र तालमा हिमपहिराे, तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयकाे आग्रह

गोरखाको वीरेन्द्र तालमा हिमपहिराे, तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयकाे आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा वीरेन्द्र तालको पानी छचल्किएर बूढीगण्डकी नदीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको हो ।

तालको पानी छचल्किएर बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ। बिहान पौने नौ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्। बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

वीरेन्द्र ताल फुट्दा चुमनुव्री र धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ।