काठमाण्डु- भारतको हिमाचल प्रदेश विधानसभामा यसपटक सत्ता परिवर्तन भएको छ । राज्यको ६८ सिटका लागि भएको मतगणनामा कांग्रेसले बहुमतका लागि आवश्यक ४० सिट जितेको छ ।
यस्तै भाजपाले भने २५ सिट जितेको छ, यसबाहेक ३ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमसीडी चुनावमा भाजपालाई पराजित गरेको आम आदमी पार्टीले विधानसभा चुनावमा खाता समेत खोल्न सकेन ।
नतिजा सार्वजनिक भएपछि मुख्यमन्त्री जयराम ठाकुरले राजीनामा दिएका छन् । अब त्यहाँ कांग्रेसमा मुख्यमन्त्री चयनका लागि कसरत चलिरहेको छ । मुख्यमन्त्रीको दौडमा वीरभद्र सिंहकी पत्नी प्रतिभा सिंह अगाडि छिन्।




प्रतिक्रिया