काठमाण्डु – संघीय राजधानी काठमाण्डुबाट दूरपश्चिम प्रदेशको राजधानी धनगढीसम्मको हवाइ उडानका क्रममा जहाजको झ्यालबाट देखिएको हिमाल र पहाडको मनोरम भू–दृश्य ।
पश्चिमतर्फको उडानमा मौसम खुला रहेकाले टाढासम्म फैलिएको हिमाली शृङ्खला, पहाडी भू–भाग र बादलको हल्का तह स्पष्ट रूपमा देखिएको छ ।
यात्राका क्रममा देखिएको यस्तो दृश्यले नेपालको विविध भूगोल र प्राकृतिक सुन्दरताको झल्को दिन्छ।













प्रतिक्रिया