हिमालय एयरलाइन्सले ल्यायो चिनियाँ अनुदानको २ लाख डोज खोप

हिमालय एयरलाइन्सले ल्यायो चिनियाँ अनुदानको २ लाख डोज खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनबाट २ लाख डोज खोप काठमाण्डु आइपुगेको छ । चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको उक्त खोप काठमाण्डु आइपुगेको हो ।

हिमालय एयरलाइन्सले चीनको स्वशासित क्षेत्र तिब्बतबाट कुनमिङ–काठमाण्डु ४ उडानमार्फत २ लाख भेरोसेल खोप निशुल्क नेपाल ल्याएको हो ।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए । सो १० लाख खोपमध्ये ८ लाख खोप मंगलबार नेपाल एयरलाइन्सले ल्याएको छ भने २ लाख खोप बुधबार आज हिमालय एयरलाइन्सले काठमाण्डु ल्याएको हो ।

उक्त खोप नलगाएका ७७ वटै जिल्लाका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने भएको छ ।