काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता फेरिएको छ । ४९ प्रतिशत लगानी भएको तिब्बत एयरलाइन्स हिमालयबाट बाहिरिएको छ भने उसको ठाउँमा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी भित्रिएको छ ।
शेयरधनी परिवर्तन भएसँगै कम्पनीले आफ्नो लोगो पनि परिवर्तन गरेको छ । कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यति वर्ल्ड कम्पनीको नाममा छ । शेयरधनी परिवर्तनसँगै कम्पनीले चीनको बेइजिङमा उडान सुरु गर्ने भएको छ । कम्पनीले आउँदो अक्टोबर २७ बाट बेइजिङमा हालै निर्माण सम्पन्न भएको डासिङ विमानस्थलमा उडान सुरु गर्ने पनि जनाएको छ ।




प्रतिक्रिया