हिमालय एयरलाइन्सले सुरु गर्यो बेइजिङ उडान

हिमालय एयरलाइन्सले सुरु गर्यो बेइजिङ उडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र चीनको संयुक्त लगानी रहेको निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आज (आइतबार)देखि चीनको राजधानी बेइजिङमा उडान सुरु गरेको छ ।

एयरलाईन्सले लामो समयको प्रयासपछि बेइजिङस्थित नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा पहिलो उडान भरेको हो । बिहान ९ बजे काठमाडौंबाट बेइजिङ उडान भरेको ए ३२० विमान राति पौने १० मा फर्कने हिमालयन एयरलाइन्सले जनाएको छ । विहान ९ बजे काठमाडौँबाट बेइजिङका लागि विमानमा ६० यात्रु रहेका एयरलाइन्समा उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

कम्पनीले बेइजिङपछि चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । नेपाल–चीन सिधा उडानबाट नेपाल भम्रण वर्ष २०२० मा पर्यटक ल्याउन सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।