काठमाडौं – हिमालय एयरलाइन्सले काठमाडौं–चोंगकिङ सीधा उडान सुरु गरेको छ चीनको नयाँ वर्षको अवसर पारेर कम्पनीले आज (बिहिबार)बाट काठमाडौं–चोंगकिङ सीधा उडान सुरु गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इयोङ, पर्यटन सचीव केदारबहादुर अधिकारीले संयुक्त रुपमा उडान शुभारम्भ गरे ।
मन्त्री भट्टराईले हिमालय एयरलाइन्सले चीनको चोंगकिङमा सुरु गरेको उडानले नेपालको पर्यटन क्षेत्रमा थप सहयोग पुग्ने बताए । ‘हिमालयले महत्वपूर्ण गन्तव्यमा उडान गरेको छ, अब नेपाल चीन समानतामा पुग्यो, अब नेपाल एयरलाइन्सले पनि उडाउँछ,’ उनले भने, ‘आगामी दिनमा चिनियाँ पर्यटक अझ बढ्ने अपेक्षा लिइएको छ ।’
राजदुत यान्छीले काठमाडौं–चोंगकिङ सीधा उडानबाट भ्रमण वर्षमा अझ बढी चिनियाँ नागरिकलाई नेपाल भित्र्याउन सहयोग पुग्ने बताइन् । कम्पनीले तीन वटा जहाजबाट उडान गरिरहेको छ ।




प्रतिक्रिया