‘हिमालयन चितुवा’ फेरि बने विश्व च्याम्पियन

‘हिमालयन चितुवा’ फेरि बने विश्व च्याम्पियन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्व च्याम्पियन खेलाडीलाई नकआउट गर्दै जित दर्ता गराएका छन्।

जापानको नागोया सहरस्थित करिया हलमा शनिबार साँझ सम्पन्न ‘हिट किक बक्सिङ–५९’ को अन्तर्राष्ट्रिय प्रतियोगितामा घिमिरेले फ्रान्सका बक्सर माथन चोइनार्डलाई दोस्रो राउण्डमै नकआउट गरेका हुन्।

सन् २०२५ का विश्व च्याम्पियन चोइनार्डविरुद्धको खेलमा घिमिरेले दोस्रो राउण्डको दोस्रो मिनेटमा शक्तिशाली मुक्का प्रहार गर्दै निर्णायक जित निकाले। यो जितसँगै घिमिरेले अन्तर्राष्ट्रिय किक बक्सिङमा नेपालको प्रभाव थप बलियो बनाएका छन्।

घिमिरेले अहिलेसम्म २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्। तीमध्ये २१ खेलमा जित हासिल गरेका उनले २० खेल नकआउटमार्फत जितेका छन्।

अन्तर्राष्ट्रिय किक बक्सिङको रिङमा लगातार प्रभाव जमाउँदै आएका घिमिरेले नेपालको पहिचान विश्वस्तरमा पुर्‍याउन आफूलाई समर्पित गर्दै आएका छन्।

प्रतियोगितामा जित हासिल गरेपछि घिमिरेले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितका लागि सहयोग गर्ने बताएका छन्।