आइपीओ निकालेको प्रथम वर्षमै हिमालयन रिइन्स्योरेन्सले दिने भयो बोनस शेयर

आइपीओ निकालेको प्रथम वर्षमै हिमालयन रिइन्स्योरेन्सले दिने भयो बोनस शेयर


काठमाण्डु – हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपीओको पहिलो वर्षमै ४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

हालै मात्र सर्वसाधारणमा शेयर जारी गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपीओको पहिलो वर्षमै ४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हाे ।

यहि माघ २५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरी फागुन २० गते हुन गइरहेको कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

यसका साथै नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुवै पुनर्बीमा कम्पनीलाई २०८१ साल माघ ३० भित्र चुक्ता पूँजी २० अर्ब पुर्‍याउन निर्देशन दिएकाले कम्पनीले बोनस शेयरपछि हुने चुक्ता पूँजी १० अर्ब ४० करोडको १०ः८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

कम्पनीको पुनर्बीमा शुल्क आम्दानी आ.व. २०७८-७९ को तुलनामा आ.व. २०७९-८० मा ५३५ प्रतिशतले वृद्धि भई ५४६ करोड पुगेको छ भने कम्पनीको खूद नाफा आ.व. २०७८-७९ को तुलनामा आ.व. २०७९-८० मा १२२ प्रतिशतले वृद्धि भई ६५ करोड पुगेको छ ।

कम्पनीले हालैमात्र भारतबाट पुनर्बीमा व्यवसाय भित्र्याउन भारतको बीमा सम्बन्धी नियामकीय निकायबाट स्वीकृति पाएको थियो भने विश्वविख्यात रेटिङ्ग एजेन्सी AM Best Pte. Ltd.ले कम्पनीको रेटिङ्ग b वा  B+ मा स्तरोन्नती गरिदिएको थियो ।

नेपालको निजी क्षेत्रबाट प्रबद्र्धित पहिलो पुनर्बीमा कम्पनीले हासिल गरेको एक पछि अर्काे सफलताले कम्पनीको आगामी दिनमा सफलताको थप खुड्किलाहरु पार गर्दै दक्षिण क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनीको रुपमा आफूलाई उभ्याउने विश्वास कम्पनीले लिएको छ ।