काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले साेमबारकाे मौसम पूर्वानुमान गरेकाे छ । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाे छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी क्षेत्रको मौसम सामान्यतय सफा रहेको छ ।
दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैबिच उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानमा हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना रहेको छ ।




प्रतिक्रिया