काठमाण्डु- हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्काे ऐतिहासिक सफलता हासिल गरेको छ ।
केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृती पाएको हिमालयन रिइन्स्योरेन्सले कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी ‘एम बेष्ट’ बाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा ‘बी’ बाट ‘बी प्लस’ रेटिङमा छलाङ मार्दै पुनः अर्काे इतिहास रचेको हो ।
नेपाल जस्तो दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले एम बेस्टबाट रेटिङ गराएको दोश्रो वर्षमै आफ्नो रेटिङ ‘बी’ बाट बीपलसमा स्तरोन्नती गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धीका रुपमा लिन सकिन्छ । ‘बी प्लस’ रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ ।
स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एशियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवी बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले ‘एम बेष्ट’बाट ‘बी प्लस’ रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एशिया, मध्य पूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।
यसले कम्पनीको अन्तराष्ट्रिय पुनर्बीमा व्यवसायमा उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । यसबाट कम्पनीले राष्ट्रका लागि बहुमूल्य विदशी विनियम आर्जन गर्न उदाहरणीय योगदान गर्नका साथै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमास्थापना गर्न समेत टेवा पुग्ने आशा कम्पनीले लिएको छ ।
प्रतिक्रिया