हिमाचल प्रदेशमा सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु (नामावली)

हिमाचल प्रदेशमा सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु (नामावली)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ।

सोलन जिल्लास्थित अर्कीमा ग्यास सिलिण्डर विस्फोटबाट आगलागी हुँदा ९ जना नेपालीको मृत्यु भएको हो।

मृत्यु हुनेमा सल्यानको सिद्धकुमार गाउँपालिका–२ का स्थानीय ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीय कविता विक, छोरी १६ वर्षीय राधा विक, १० वर्षीय रेणुका विक र राजन विक रहेका छन् ।

यस्तै आगलागीमा परी ४७ वर्षीय काशिरामको परिवारमा उनकी श्रीमती ३२ वर्षीय टीका विक, छोरी १२ वर्षीय अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको हो ।

मृतकहरू सबै एकै गाउँको दुई परिवारका सदस्यहरु रहेको विज्ञप्ती जारी गर्दै वडाध्यक्ष मेघराज बुढाथोकीले बताए ।

वडाका २ परिवारका ९ सदस्यको मृत्यु भएपछि मंगलबार वडाभरि शोक विदा दिइएको छ।

सोमबार बिहान करिब साढे २ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएर एउटा घरमा आगलागी भएको बताइएको छ ।