काठमाण्डु– भारतको उत्तराखण्ड बद्रीनाथ क्षेत्रमा गएको हिमपहिरोमा फसेका ४६ जनाको उद्धार गरिएको छ । फेब्रुअरी २८ मा गएको हिमपहिरोमा ५४ जना फसेकामा ४६ जनाको उद्धार गरिएको हो ।
हिमपहिरोमा फसेका ४ जनाको भने मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा ५४ जना फसेका थिए भने १० जनाको तत्काल उद्धार गरिएको थियो ।
अब अझै ४ जना फेला पर्न बाँकी छ। त्यसैले तेस्रो दिन आइतबार पनि उद्धार जारी छ। बेपत्ताहरूको खोजीमा ड्रोन तथा ६ वटा हेलिकप्टर पनि प्रयोग गरिएका छन्।
घटनास्थलमा हिउँ खनेर बेपत्ता ४ कामदारको खोजी जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।




प्रतिक्रिया