हिमपातका कारण चनियाँ कन्टेनर खासा र न्यालम इलाकामा रोकिए

हिमपातका कारण चनियाँ कन्टेनर खासा र न्यालम इलाकामा रोकिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनले कन्टेनर पठाउन बन्द गरेको छ । हिउँले सडक ढाकेका कारण आजबाट अनिश्चतकालका लागि चीनले कन्टेनर पठाउन बन्द गरेको जनाइएको छ । हिमपातका कारण भोटेकोसी गाउँपालिका–२ तातोपानी नाकामा भित्रिने चिनियाँ कन्टेनर खासा र न्यालम इलाका क्षेत्रमा रोकिएका छन् ।

चीन भेगमा बाक्लो हिउँ परेपछि कन्टेनर आउजाउ रोकिएको सूचनासहित हिजो एउटा मात्रै कन्टेनर तातोपानी भन्सार भित्रिएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

चीनको न्यालम काउन्टीस्थित चिनियाँ अधिकारी ‘ल्यू’ काअनुसार न्यालममा रोकिएका तिब्बत सिल्क र मुसा ट्रान्सपोर्टका ४० फिटे टेलर केही समय खासा क्षेत्रमा आउन सक्ने अवस्था छैन । चार फिट बाक्लो हिउँले सडक भरिएकाले एकसय २० सिबीएमसम्म भारी बोकेका ट्रेलर न्यालम क्षेत्रमै रोकिएका छन् ।

यसअघि तिब्बतको स्थानीय प्रशासन न्यालम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावाना भएकाले तातोपानी नाकाबाट कारोबार नगर्न भन्दै नागरिकलाई सूचना जारी गरेपछि पछिल्लो पटक तातोपानी नाका बन्द थियो । कोभिडकालपछि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामाग्री राजधानी पु¥याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित नाका सञ्चालनमा ल्याइएको थियो ।