कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना


काठमाण्डु -जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पुर्वानुमान गरेकाे छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।