काठमाण्डु – जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।
नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि बाँकी भूभागमा मौसम सफा रहनेछ।
यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।




प्रतिक्रिया