पश्चिमी वायुको प्रभाव: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भै हल्का वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

मंगलबार देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।