मौसम पूर्वानुमानः यी क्षेत्रमा हिमपातको सम्भावना

मौसम पूर्वानुमानः यी क्षेत्रमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव भने छैन ।

आज बिहान देशका पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।