हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक


काठमाण्डु-प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा भएका र भइरहेका विभिन्न घटनाहरूलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन् । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरूले भोग्ने समस्यालाई केलाउने प्रयास गीतमार्फत् गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हो र त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यहाँ कसरी मेसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा छ ।

अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियोलाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा रिमा विश्वकर्मा, एलिसा शर्मा, सृष्टी सुब्बा, सम्राट अधिकारी, रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेलको अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।