काठमाडौं–नेपाल विश्वहिन्दु महासंघले सनातनी हिन्दु विदाहरु कटौती गरेकोमा आपत्ती जनाएको छ । महासंघले आईतबार पत्रकार सम्मेलन गरेर सनातनी हिन्दु विदाहरु कटौती गरेको विरोध गर्दै सरकारलाई विदा यथावत राख्न माग गरेको छ ।
महासंघका संस्थापक अध्यक्ष डा.केदारनाथ दाहालले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेर ८४ प्रतिशत हिन्दुहरुको मर्म र भावनामाथि खेलवाड गरिएको बताउँदै सरकारले कटौती गरेका बिदाहरु यथास्थितिमा कायम नगरेसम्म आन्दोलन जारी गर्ने चेतावनी दिएका छन् । उनलेपाँच हजार वर्ष पहिलेदेखि चल्दै आएको सनातन हिन्दु धर्ममाथि सरकारले प्रहार गरेको बताए ।




प्रतिक्रिया