कांग्रेसका जिल्ला सभापतिलाई धम्की दिएको आरोप लागेका एसपी पाण्डे निलम्बित

कांग्रेसका जिल्ला सभापतिलाई धम्की दिएको आरोप लागेका एसपी पाण्डे निलम्बित


काठमाण्डु – नेपाल प्रहरीका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई धम्काएको आरोप लागेका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो ।

व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए ।

कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर एसपी पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको आरोप लगाएका थिए । सभापति यादवलाई धम्की दिएको विषयमा प्रदेश नम्बर २ प्रहरी कार्यालयले छानविन गरिरहेको छ ।