काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका एक जना सांसदले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हिराचन्द्र केसीले आफूलाई जनताले ५ वर्षका लागि मत दिएको भन्दै राजीनामा नदिने स्पष्ट पारेका हुन् ।
नेपाल पक्षका केही नेताहरुले राजीनामा दिन आग्रह गरेको तर, आफूले राजीनामा नदिने जवाफ दिएको सांसद केसीले काठमाण्डुपाटीलाई जानकारी दिए ।
‘घनश्याम भुसाल लगायतका केही साथीहरुले राजीनामा गरौं भनेर फोन गर्नुभएको थियो । मैले राजीनामा दिन्न बरु पार्टीलाई एक बनाउन मेरो भूमिका रहन्छ भन्ने जवाफ दिएँ’, उनले भने ।
सांसद केसीले कसैको स्वार्थ पूरा गर्न आफूले राजीनामाको बाटो नरोज्ने बताए । नेपाल समूहबाट राजीनामा दिने सांसदको लिष्टमा केसीको पनि नाम समावेश गरिएको थियो । नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिनु अगाडि नै राजीनामा दिने तयारी गरेका छन् ।




प्रतिक्रिया