कसरी हुन्छ हृदयघात ?, बच्नलाई यी कुरामा ध्यान दिनुपर्छ


काठमाण्डु- हृदयघात अर्थात् हर्टअट्याकबाट धेरै मानिसहरुको ज्यान गइरहेको छ । मुटु शरिरको एक प्रमुख अंग हो । मुटुको हरेक धड्कनबाट शरिरको सम्पूर्णँ भागमा रक्त सञ्चार हुन्छ । यहि मुटुको लागि आवश्यक अक्सिजन र पोषणयुक्त रक्त सञ्चार पनि स्वस्थ रक्तनलीबाट प्रवाह हुन्छ ।

तर, अक्सिजन र पोषणयुक्त रक्त सञ्चार गर्ने रक्तनली बन्द भयो या रक्तसञ्चार प्रक्रिया रोकियो भने त्यसले गम्भिर समस्या निम्त्याउँछ । त्यस्तो समस्यालाई हामी सामान्य भाषामा ‘हृदयघात’ भएको भनेर बुझ्छौं ।

खानपानमा ध्यान नदिँदा र आवश्यक शारिरिक व्यायमको अभावमा हृदयघातको खतरा बढी हुने गर्दछ । त्यस्तै मदिरा तथा सूर्तीजन्य पदार्थको प्रयोग हृदयघातको ठूलो कारण हो । त्यसैगरी, मोटोपना पनि हृदयघातको अर्को कारण हो । मोटोपना भएपछि शरिरमा कोलस्ट्रोलको खतरा बढी हुन्छ । कोलस्ट्रोल भएको व्यक्तिलाई हृदयघात हुने संभाव बढी हुन्छ ।

मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले हृदयघात हुनमा मद्दत गर्छन् ।

हृदयघातबाट बच्नलाई यी कुरामा ध्यान दिनुपर्छ

.घिउ, तेल, नौनी, छाली, वटर र वोसो चिल्लो पदार्थ पाइने खाद्य पदार्थ खानु हुँदैन ।

.मुटुरोगीले माछामासु नखाँदा राम्रो । माछामासु खाएमो कोलस्ट्रोल बढ्छ । र, त्यसले हृदयघातको खतरा बढाउँछ ।

.बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।

.टन्न खाने बानी छ भने त्यो हटाउनुपर्छ ।

.साँझ सकेसम्म खाना नखाने ।

.दाल, तरकारिको सुप, उसिनेको सागसब्जी खाने ।

.चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बोनिकपेय, अल्कोहलिकपेय र बढी नुन र नुनिलो जिनिस नखाने ।

.नियमित व्यायाम अर्थात् दैनिक आधादेखि १ घन्टा मर्निङ वाक गर्ने ।

.मुटु रोगीका लागी बिश्राम अत्यावश्यक छ । रातीको खाना पचिसकेपछि मात्रै सुत्ने बानी बसाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement