विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवले गरे पुनः पदवहाली

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवले गरे पुनः पदवहाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले सरुवा बदर गर्दै प्राधिकरणमा फर्काउन आदेश दिएसँगै शाक्यले बुधबार पदबहाली गरेका हुन् ।

कुलमान घिसिङ ऊर्जामन्त्री बनेपछि शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए । आफूलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णयविरुद्ध शाक्य अदालत गएका थिए ।

अदालतले शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिनआदेश दिएको हो ।