काठमाण्डु – प्रधानमन्त्री शेरबहाहदुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन निर्देशन दिएका छन् ।
जलस्रोत, उर्जा तथा सिँचाइमन्त्री पम्फा भुसाललाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री भुसलाले प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा मागेकी छन् । मन्त्री भुसालले कार्यसम्पदान सन्तोषजनक नभएको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेकी हुन् ।
२०७७ माघ २७ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका शाक्यको कामप्रति असन्तुष्टी जनाउँदै मन्त्री भुसालले राजीनामा मागेकी हुन् ।
उर्जा मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।
४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो ।




प्रतिक्रिया