विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यले पाए

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यले पाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -सरकारले नेपाल विद्युत् प्राधिकरणमा कामु कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । यससंगै प्राधिकरण स्थापनापछि शाक्य १७ औं कार्यकारी निर्देशकको नाम लेखाउन सफल भएका छन् ।

शाक्यले करिब ४ वर्ष एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए । झन्डै ३ दशक विभिन्न जिम्मेवारीमा रहेर काम गरेका र प्राविधिक रूपमा सक्षम शाक्यलाई प्राधिकरण तथा ऊर्जा क्षेत्रको नेतृत्व हांक्न सक्ने व्यक्तिको रूपमा लिइन्छ ।

नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा १७ अनुसार संस्थाको प्रशासनिक काम गर्न सरकारले महाप्रबन्धक वा कार्यकारी निर्देशक नियुक्त गर्न सक्ने प्रावधान छ । सोही प्रावधानअनुसार मन्त्रिपरिषद्ले शाक्यको नियुक्ति गरेको जनाएको छ ।