काठमाण्डु– न्यूयोर्कमा आइतबार बिहान ७ः०० बजेदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण सहरका सडक, भवन र पार्कहरू सेताम्य देखिएका छन्।
बालबालिका र युवाहरू हिउँमा रमाउँदै खेलिरहेका समेत देखिन्छन् । हिमपातले जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण न्यूयोर्क र न्यू जर्सी राज्यले आपतकाल घोषणा गरेका छन् भने न्यूयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरू सोमबारका लागि बन्द गरिएका छन् ।











प्रतिक्रिया