काठमाण्डु- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । हिमालय लाइफको शुक्रबार बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ ।
बोनस सेयरमा लाग्ने कर बापतको रकम भने स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । हिमालयन लाइफको सेयर मुल्य अहिले ४६२ रहेको छ ।




प्रतिक्रिया