गृहमन्त्रालयको निर्णय : राहत तथा उद्दारको लागि स्वास्थ्यकर्मी र हेलिकप्टर पठाइने

गृहमन्त्रालयको निर्णय : राहत तथा उद्दारको लागि स्वास्थ्यकर्मी र हेलिकप्टर पठाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई तुरुन्त राहतको व्यवस्था गर्न गृहमन्त्रालयले निर्णय गरेको छ ।

गृहमन्त्रालयमा शनिबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रभावित क्षेत्रमा हेलिकप्टर र स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।

शुक्रबार मौसमका कारण हेलिकप्टरबाट राहत तथा उद्दारको काम गर्न नसकिएपनि हेलिकप्टर प्रयोग हुन थालेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रष्ट पारे। थापाले वर्षा सुरु हुनुअघि सम्भाव्य विपद्लाई मध्यनजर गर्दै पूर्वतयारी गरिएको जानकारी दिए।